क्युपेक हेटौंडा उपमहानगरको अध्यक्षमा गोले

तामसालिङ खबर
२१ भाद्र २०८०, बिहीबार २२:४६

भदौ, हेटौंडा – नेपाल विजुली, प्लम्बर, तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा खड्क बहादुर गोले चयन भएको छ । बुधबार हेटौँडामा भएको नवौँ अधिवेशनले गोलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा सकल्दे मण्डल, सचिवमा पूर्ण बहादुर बराल, सह-सचिवममा वीरबहादुर राई, कोषाध्यक्षमा विजय घिसिङ चयन भएको छ ।

यस्तै सदस्यहरुमा सन्दीप घलान, सुशीला गिरी, शुक्र बहादुर थिङ, प्रकाश राई, पवित्रा नेपाल, हिरामाया मोक्तान, हविव मियाँ र जयबहादुर वाईबा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*