नारायणी सहकारीको २७ औं साधारणसभा
असोज, हेटौडा – नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २७ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष जंगबहादुर गुरुङले आ.व. २०७९र८० को वार्षिक प्रतिवेदन र आ.व. २०८०र८१ को नीति तथा कार्यक्रम, सचिव नारायणप्रसाद खतिवडाले आ.व. २०७९र८० को लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मप्रसाद मिश्रले आ.व. २०७९र८० को आन्तरिक लेखापरीक्षण प्रतिवेदन, ऋण उपसमितिका संयोजक रामचन्द्र अर्यालले आ.व. २०७९र८० को ऋणको प्रतिवेदन र व्यवस्थापक महेश अधिकारीले आ.व. २०८०र८१ को लागि प्रस्तावित आयव्यय विवरण साथै संस्थाको आन्तरिक नीति तथा सदस्य भेटघाट कार्यविधी र संरक्षित पुँजी फिर्ता कोष कार्यविधी प्रस्तुत गरेकोमा साधारणसभाले पारित गरेको छ ।
कार्यक्रम जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्य तथा नारायणी बहुउद्देश्यीय सहकारीका अध्यक्ष जंगबहादुर गुरुङको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख घलानले सहकारीहरु बचत र ऋणमा सिमित नभई उद्योगहरु खोल्न ध्यान दिनुपर्ने बताए । नेपालको संविधानमै समाजवाद उन्मुख रहने उल्लेख छ, उनले भने, त्यसैले देश विकासको लागि सहकारीहरुको भुमिका र महत्व धेरै रहेको छ ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, हेटौंडा उपमहानगरपालिका ९ का वडा सदस्य विष्णु राना, निवर्तमान वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, राष्ट्रिय सहकारी महासंघका पूर्व संचालक बद्री लम्साल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपाने, दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाका अध्यक्ष डा। गणेश लामा, शिवम् सिमेन्टका बिक्रम खतिवडा, कुष्माण्ड त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरी न्यौपाने, नारायणी सहकारीका उपाध्यक्ष रामचन्द्र दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
२०५३ सालमा स्थापित सहकारीको कूल बचत २३ करोड ४४ लाख ४६ हजार, जगेडा कोष दुई करोड १८ लाख ७८ हजार र कूल ऋण लगानी २३ करोड ५९ लाख ७३ हजार रुपैंया रहेको छ ।
भवन, जग्गासहित सहकारीको कूल सम्पती ३६ करोड ६० लाख ३१ हजार तथा अन्य कोष ६३ लाख ९१ हजार रुपैंया छ । एक हजार एक सय ३३ महिलासहित दुई हजार दुई सय ५९ जना शेयर सदस्य रहेको सहकारीको ६ करोड १८ लाख ८६ हजार शेयर पुँजी रहेको छ ।






