थाहा नगरको बागेश्वरीलाई स्कुल बस हस्तान्तरण

तामसालिङ खबर
२७ आश्विन २०८०, शनिबार ०६:०४

असोज, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरपालिकाको ११ मा रहेको बागेश्वरी माध्यमिक बिद्यालयमा बागमती प्रदेश सामाजिक बिकास मन्त्रालयद्वारा प्रदान गरिएको स्कुल बसलाई औपचारिक हस्तान्तरण गरिएको छ ।

विद्यालयमा आयोजित एक समारोह बिच बागमती प्रदेश सरकारका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले विद्यालयलाई बस हस्तान्तरण गरेका हुन। प्रदेश सरकारले सामुदायिक विद्यालयको क्षमता बढाउन यातायात सेवामा सहयोग गरेको मन्त्री मोक्तानले बताउनुभयो ।

विद्यालयले आर्थिक व्यवस्थापन गर्न नसक्दा बस सञ्चालन गर्न सकेका थिएनन् सामाजिक बिकास मन्त्रालय बाट बस आएपछि सञ्चालनको अवस्थामा आइपुगेको वडा न ११ का अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश बलले बताए।

“बस सञ्चालन हुने भएपछि विद्यालयसँग आफ्नो घरको भौतिक दूरी टाढा भएका विद्यार्थीलाई सहजता मात्र पुगेको छैन, अभिभावकले पनि ढुक्कसँग आफ्ना नानी बाबुहरुलाई सामुदायिक विद्यालय पठाउन पाउने विद्यालयका प्रधानाध्यापक बिरमान स्याङ्तानले बताए।

मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा थाहा नगर प्रमुख बिष्णु बिष्टको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थी हरु छात्रवृत्ति प्रदान गरिनुका साथै उत्कृष्ट बिषय शिक्षक हरुलाइ सम्मान समेत गरिएको थियो।

कार्यक्रममा पुर्व वडा अध्यक्ष किरणमान बल,वडा न १ का अध्यक्ष हेरमान गोपाली,वडा न १२ का कार्यवाहक वडा अध्यक्ष युवराज जिम्बा,माओवादी थाहा नगर अध्यक्ष बिनोदकुमार लामा,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,संघसंस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो।

थाहाको ११ र १२ को एउटै मात्र माद्यामिक सरकारी विद्यालय टाढा हुँदा आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई बालबालिका विद्यालय पठाउन निकै समस्या परेको थियो ।

सामुदायिक विद्यालयमा निःशुल्क खाजा समेत पाइने र जान–आउन बस सुविधा भएसँगै विद्यार्थीको चाप बढ्ने प्रष्ट देखिने थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले बताए। समारोहमा विद्यार्थी हरुले दशैं बिशेष सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*