बकैयाको तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जना गम्भीर घाइते

तामसालिङ खबर
३ कार्तिक २०८०, शुक्रबार १५:३९

कार्तिक, हेटौंडा – पुर्बी मकवानपुरको बकैया गाउँपालिका ५ तीनतलेमा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जना गम्भीर घाईते भएको छ ।

हेटौंडाबाट बकैयाको जुईनातर्फ जाँदै गरेको ना ४ ख ३९८८ नम्बरको बस तीनतलेमा दुर्घटना भएको हो । दुर्घटनामा ५ जना गम्भीर र १० जना मध्यम घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

५ जना गम्भीर घाइतेहरुलाई एम्बुलेन्स र बाँकी घाइतेहरुलाई बसमा राखेर उपचारका लागि हेटौंडातर्फ पठाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*