तामाङ फिल्म ‘चारदाम’ मंसिरमा रिलिज हुने

तामसालिङ खबर
१५ कार्तिक २०८०, बुधबार ०७:३८

कार्तिक, काठमाडौँ – तामाङ चलचित्र चारदमको पोष्टर सार्बजानिक भएको छ । लाखमान योन्जन तामाङ निर्देशित फिल्म निर्माण युनिटले पोस्टर सार्वजनिक गर्दै मंसिरमा रिलिजको घोषणा गरेको छ ।

फिल्म तामाङ जातीको लोपोन्मुख हुँदै गएको भाषा, लिपि, भेषभुषा, कला, संस्कार र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएको हो । मोहन लोप्चन तामाङ प्रस्तुतकर्ता रहेको फिल्म कोशी भिजनको ब्यानरमा निर्माण भएको हो ।

भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायाङ्कन गरिएको ‘चारदाम’मा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, शान्ति पाख्रिन, मदन राई, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, कुमारी लिम्बू, सुम्निमा तामाङ लगायत कलाकारहरूको मुख्य अभिनय छ । फिल्ममा प्रेम कृष्ण बजगाईको संगीत, सुमन तामाङको छायाङ्कन र हेमन तामाङ सम्पादन रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*