चाडबाडलाई प्रगतिशिल ढंगले मनाऔं : मन्त्री मोक्तान

कार्तिक, हेटौंडा – बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले चाडबाडलाई प्रगतिशिल ढंगले मनाउन आग्रह गर्नुभएको छ ।
अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरद्वारा हेटौंडामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मन्त्री मोक्तानले चाडबाड सरल र सहज तरिकाले मनाउनुपर्ने बताउनुभयो ।
अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरको आयोजनामा भएको कार्यक्रममा नेकपा माओबादी केन्द्रका बागमती प्रदेश कमिटि उपाध्यक्ष प्रेम बहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, नेकपा माओबादी केन्द्र मकवानपुर संयोजक शर्केश घलान, सचिब भिम पाख्रीन, हेटौडा उपमहानगर अध्यक्ष तिर्थ बहादुर थापा, अखिल क्रान्तिकारी केन्द्रिय सचिब रोशन थापा मगर, बागमती प्रदेश सचिब रामकृष्ण सिवाकोटी, मकवानपुर अध्यक्ष श्रवण कुमार बर्तौला, प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य ध्रुबराज ढकाल, बागमति प्रदेश महासचिव ध्रुब अधिकारी, वाईसियल मकवानपुर अध्यक्ष लबराज ठकुरी लगायतको आतिथ्यता रहेको थियो ।
अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ता मकवानपुरका अध्यक्ष अनिल बसेलको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारी मकवानपुरका कोषाध्यक्ष बुद्धराज अर्यालले संचालन गर्नुभएको थियो । अखिल क्रान्तिकारी विद्यार्थी स्वयंसेवक दस्ताको सदस्य सुजन सिलवालले स्वागत गरेको कार्यक्रममा विद्यार्थी संगठन लगायत अन्य संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।