दोस्रो वडाअध्यक्ष कप: आयोजक सुर्य किरण र ऋषेश्वर टोल बिकास उपाधिको लागि भिड्ने

कार्तिक, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका वडा नम्बर ५ मा जारी दोस्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको उपाधिको लागि आयोजक सूर्यकिरण युवा क्लब र ऋषेश्वर टोल बिकास संस्था ‘ए’ बीच खेल हुने भएको छ । बसन्तपुरको राप्ति खेल मैदानमा भएको खेलमा शुक्रबार उपाधिको लागि दुइ टोलि भिड्ने भएको हो।
बिहिबार भएको सेमिफाइनलको पहिलो खेलमा बसन्तपुर टोल बिकास संस्थालाई १-० गोल अन्तरले हराउदै आयोजक सुर्य किरण युबा क्लब फाइनलमा प्रवेश गरेको छ। त्यस्तै, दोस्रो खेलमा शिखर टोल बिकास संस्था ‘ए’लाई १-० गोल अन्तरले पराजित गर्दै ऋषेश्वर टोल बिकास संस्था ‘ए’ फाईनलमा पुगेको हो ।
खेलमा बिजेता हुने टिमले नगद रु ३० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र पाउने छन भने दोस्रो हुने टिमले नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
५ नम्बर वडा स्तरिय खेलकुद बिकास समितिको समन्वय तथा सुर्य किरण युवा क्लबको आयोजनामा टोल स्तरिय दोस्रो वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगितामा आयोजक सहित पाँच टोल विकास संस्थाबाट ९ टिम सहभागी रहेको थियो।