तामाङ राष्ट्रिय मुक्ति मोर्चाद्वारा बकैया गाउपालिका अध्यक्ष लामिछानेलाई ज्ञापन पत्र बुझाइयो

तामसालिङ खबर
२४ मंसिर २०८०, आईतवार २१:२०

अनिल बसेल, हेटौंडा । तामाङ भाषा र नेपाल भाषा कार्यन्वयन गराउन तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल द्वारा बकैया गाउपालिका अध्यक्ष धर्मराज लामिछानेलाई ज्ञापन पत्र बुझाइएको छ ।

मुलुकमा विविधता एकता, सामाजिक सदभाव, सास्कृतिक ऐक्यवद्धता, धार्मिक सहिष्णुता कायम राख्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक विभेदको अन्त्य गर्ने संकल्प पनि गरीरहेको छ ।

नेपालको संविधानको भाग -३ को धारा ३१ उपधारा (५), धारा-३२ को उपधारा (१) र (३),भाग-४ धारा-५१ (ग) को (७) को व्यवस्था अनुसार मातृभाषा शिक्षा लागु गर्ने सांस्कृतिक सम्पदाको संरक्षण गर्ने एवं प्रथाजन्य कानुन सम्बन्धी नीतिनिर्माण गर्न साथै बागमती प्रदेश सरकारले तामाङ भाषा र नेपाल भाषामा प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० पास गरिसकेकोमा यस पालिकामा पनि कार्यन्वयन गर्न यही चालु आर्थिक वर्ष २०८०/८१ देखि नै लागु गर्ने गरी पहल गर्न अध्यक्ष ज्यू समक्ष तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल बकैया गाउँकमिटी ले ज्ञापन पत्र बुझाइएको तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल बागमती प्रदेश सचिव लिलाकुमार घलानले जानकारी दिएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*