अखिल (क्रान्तिकारी)भीमफेदी गाउपालिका समिति द्वारा एस.इ.इ. परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान

तामसालिङ खबर
३० असार २०८१, शनिबार १९:५२

हेटौंडा । १९ असार/ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन (क्रान्तिकारी)भीमफेदी गाउपालिका समिति द्वारा २०८० सालको एस.इ.इ. परिक्षामा भीमफेदी गाउपालिकाको विभिन्न विद्यालयहरुबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि सामाजिक विकास मन्त्री माननीय कुमारी मोक्तानले अहिलेको अवस्थामा पढाइ बिना तपाईहरुको भविष्य अन्धकार रहेको र अध्ययनको खोजमा लाग्न पर्ने अहिलेको एस.इ.इ. मा ४७ प्रतिशत पास हुनुभनेको कस्तो विडम्बना छ यहा विद्यार्थीहरुको मिहिनेत नपुगेको देखिन्छ र विद्यार्थीहरुले आफ्नो भविष्यको ख्याल गर्न समेत बताए ।

कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन, अतिथि मकवानपुर जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर घलान,अतिथि अखिल (क्रान्तिकारी)मकवानपुर जिल्ला अध्यक्ष बुद्धराज अर्याल, जिल्ला बरिष्ठ उपाध्यक्ष दिपक वाइवा, जिल्ला सचिव छोइसाङ लामा, जिल्ला सहसचिव सुजन सिलवाल, जिल्ला कोषाध्यक्ष अनिल बसेल, हेटौंडा उपमहानगर ५ नं वडाका वासिएल अध्यक्ष हरि ढकाल, जिल्ला सदस्य विशाल जिम्बा, जिल्ला सदस्य आयुष ठकुरी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम बिक्रम आले मगरको सभाध्यक्षमा सम्मपन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*