नेकपा (माओवादी केन्द्र) मकवानपुरको नेतृत्वमा जनयुद्ध दिवसको अवसरमा खुल्ला दौड प्रतियोगिता हुने

तामसालिङ खबर
२७ माघ २०८१, आईतवार १९:२६

हेटौंडा । फागुन १ गते मनाइने जनयुद्ध दिवसको अवसरमा खुला दौड(म्याराथुन) प्रतियोगिता हुने भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पुर्व जनमुक्ति सेना नेपाल मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले ३० औँ जनयुद्ध दिवसको अवसरमा पाँच किलोमिटर खुला दौड प्रतियोगिता गरिन लागेको बताए ।

१ गते विहान ७ बजे हेटौंडा बुद्धचोकदेखी भैरवरोड, चिसापानी लक्ष्मी विद्यालय, सर्यचोक, ब्रम्हदिक विद्यालय, नवोदय विद्यालय, थाहा चोक, शितलमहल चोक, ओम भवन हुँदै बुद्धचोक पुगेर दौड सकिने पाख्रीनले बताए ।

प्रतियोगितामा सहभागीले माघ ३० गते सम्ममा निशुल्क नाम दर्ता गराउनुपर्ने बताउँदै सहभागीलाई एक थान टिसर्ट उपलब्ध गराउने बताए ।प्रतियोगितामा प्रथम हुनेलाई १५००० पन्ध्र हजार, मेडल र प्रमाणपत्र, द्धितीयलाई १०,००० दश हजार,मेडल र प्रमाणपत्र, तृतीयलाई ५००० पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पाख्रीनले बताए । कार्यक्रममा सात जनालाई सान्त्वना पुरस्कार समेत प्रदान गरिने बताएका छन् ।

प्रतियोगितामा एक लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र मकवानपूर जिल्ला सचिव बिर बहादुर घलान (ज्वाला), नेकपा माओवादी केन्द्र प्रदेश सदस्य जीवन गोले, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला लगायतको उपस्थिती रहेको थियो ।

दौड प्रतियोगिता पुर्व जनमुक्ति सेना नेपाल मकवानपुर, वाईसियल नेपाल मकवानपुर, अखिल क्रान्किारी मकवानपुर र अखिल नेपाल खेलकुद महासंघ मकवानपुरले संयुक्त रुपमा आयोजना गर्न लागेको हो । दौडको लागि नाम दर्ता गर्न गर्दोइमा रहेको माओवादी केन्द्र पार्टी कार्यालयमा सम्पर्क गर्नुपर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*