अखिल नेपाल पशुपालक तथा दुग्ध उत्पादक किसान संघ (क्रान्तिकारी)को केन्द्रिय सदस्यमा मुक्ति लामा

हेटौंडा । अखिल नेपाल दुग्ध उत्पादक किसान संघ (क्रान्तिकारी) तथा अखिल नेपाल पशुपालक किसान संघ (क्रान्तिकारी) को संयुक्त राष्ट्रिय भेला सम्पन्न भएको छ ।
कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रको स्थायी कमिटी सदस्य गणेशमान पुन को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । भेलामा देश भरका दुग्ध उत्पादक क्रान्तिकारी किसान तथा पशुपालक क्रान्तिकारी किसानहरुको उपस्थिति रहेको थियो ।
मकवानपुर जिल्लाको बागमती गाउँपालिकाको झुरझुरे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मुक्ति लामा अखिल नेपाल दुग्ध उत्पादक किसान संघ (क्रान्तिकारी) तथा अखिल नेपाल पशुपालक किसान संघ (क्रान्तिकारी)को केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको छ ।