ऋषेश्वर (छुमी झ्याङ्छ्युब) क्षेत्र विकास समितिको अध्यक्षमा बिनोद लामा नियुक्त

हेटौडा (थाहा नगर) – मकवानपुरको प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा थाहा नगरपालिकाले बिनोद कुमार लामालाई नियुक्त गरेको छ। नेपाल कम्युष्टि पार्टी माओवादी थाहाका अध्यक्ष लामालाई थाहा नगरपालिकाले नगर प्रमुख स्तरीय निर्णयबाट २ जेठमा नियुक्त गरेको हो।
नगरपालिकाले थाहा नगरपालिका क्षेत्रको ऐतिहासिक,धार्मिक सम्पदा एंब सांस्कृतिक क्षेत्र व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ को परिच्छेद ३ को दफा (२) क अनुसार थाहा नगरपालिका वडा न ४ मा रहेको प्रसिद्ध धार्मिक स्थल ऋषेश्वर (छुमी झ्याङ्छ्युब) क्षेत्र बिकास समितिको अध्यक्ष पदमा नियुक्ती गरेको हो ।
थाहा नगरपालिकाले नगरका ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रको सम्बाद संरक्षण तथा व्यवस्थापन गर्ने कार्यको शुरुवात अन्तर्गत ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्ष मनोनयन गरिएको नगर प्रमुख विष्णु बहादुर विष्टले प्रतिक्रिया दिए ।
क्षेत्र विकास समितिका कार्यकाल चार वर्षको हुनेछ । सामाजिक क्षेत्रमा क्रियाशिल लामा पर्यटन प्रद्धनका लागि नवप्रवर्तक कार्य गर्नका लागि सँधै अघि सर्ने व्यक्तिको रुपमा समेत चिनिन्छन् ।