मनहरी डिल्लिपुरका सापकोटा मृत भेटिए

तामसालिङ खबर
५ जेष्ठ २०८२, आईतवार १९:५३

जेठ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा फेला परेका छन्।

घरमा कसैलाई नसोधी घरबाट हराइरहेका मनहरी ५ डिल्लीपुरका ३५ वर्षीय बिष्णु प्रसाद सापकोटा घर भन्दा २ किलोमिटर पर रहेको कोइलाडाँडा स्थित थलीको सोमबार मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । विगत केही दिनदेखि हराइरहेको उनको खोजी गर्ने क्रममा उक्त जंगलमा मृत अवस्थामा फेला परेको जनाइएको छ।

प्रहरी निरीक्षकको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*