राक्सिराङ्ग गाउँपालिकाको प्रशासकीय अधिकृतमा सन्देश मास्के आए, बस्नेत गृहमा सरुवा
मंसिर, हेटौडा (राक्सिराङ्ग) – पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सन्देश मास्के आउनुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई मास्के राक्सिराङ गाउँपालिका आएको गाउँपालिका अध्यक्ष राज कुमार मल्लले जानकारी दिनुभयो ।
संखुवासभा घर भएका मास्केलाई १ मंसिरमा राक्सिराङ गाउँपालिकामा स्वागत गरिएको हो । यसअघि प्रमुख प्रशासकीय अधिकृत रहनुभएका पदम बहादुर बस्नेत गृह मन्त्रालय अन्तर्गत सरुवा हुनु भएको थियो । उनी ८ महिना ९ दिन काम गरेर २८ कार्तिकमा बिदा भएका हुन् ।






