लियो क्लब हेटौंडा सुर्योदय क्लासिकको अध्यक्षमा गणेश दुलाल चयन
 
 हेटौडा– सञ्चारकर्मी गणेश दुलाल लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिकको संस्थापक अध्यक्षमा चयन भएका छन् । लायन्स क्लब अफ हेटौंडा सुर्योदय, लायन्स क्लब अफ हेटौंडा सुर्योदय राईजिङ्, लियो क्लब अफ हेटौंडा सुर्योदय र लियो क्लब अफ सुर्योदय राईजिङको वार्षिक साधारणसभा तथा स्थापना दिवसको अवसरमा भएको कार्यक्रमले लायन्स क्लब अफ सुर्योदयले आफ्नो दोस्रो (लियो क्लब अफ हेटौंडा सुर्योदय क्लासिक) को स्थापना गरेको हो ।
क्लासिकको प्रथम उपाध्यक्षमा अस्मिता चौंलागाई, सचिवमा सुजन ढुङ्गाना र कोषाध्यक्षमा मन्जित गौतम चयन भएका छन् । त्यस्तै लायन्स क्लब अफ सुर्योदय वर्ष २०१९ – २० को अध्यक्षमा अरुण कुमार बर्तौला सर्वसम्मत चयन भएका छन् भने प्रथम उपाध्यक्षमा किसन घिसिङ, सचिवमा अमृत बर्तौला र कोषाध्यक्षमा सुर्य लुङ्वा चयन भएका छन् ।

त्यस्तै लायन्स क्लब अफ हेटौंडा सुर्योदय राईजिङको बर्ष २०१९ – २० का लागि श्याम कुमार अग्रवाल अध्यक्षमा चयन भएका छन् । प्रथम उपाध्यक्षमा प्रकाश सुवेदी, सचिवमा रेणुका बर्तौला र कोषाध्यक्षमा कपिल स्याङ्तान चयन भएका छन् ।
लियो क्लब अफ हेटौंडा सुर्योदयको बर्ष २०१९ – २० का लागि अध्यक्षमा गोकुल लम्साल चयन भएका छन् । प्रथम उपाध्यक्षमा शुभम लम्साल, द्वित्तिय उपाध्यक्षमा पृथ्वी नेपाल र सचिवमा मुकेश कुशवाह चयन भएका छन् ।
लियो क्लब आफ सुर्योदय राईजिङको बर्ष २०१९ – २० का लागि भने पदाधिकारीमा कुनै परिवर्तन गरिएको छैन । कार्यक्रम लायन्स ईन्टरनेशनल जिल्ला ३२५ बि २ का नवनिर्वाचित प्रथम सह-गर्भनर लायन शम्भु नकर्मीको प्रमुख आतिथ्यतामा भएको हो ।

 तामसालिङ खबर
तामसालिङ खबर




