लुक्लामा भएको बिमान दुर्घटनामा पर्ने सबैको पहिचान खुल्यो

तीन मृत्यु, दुई घाइते र एक जना उपचारको क्रममा मृत्यु
तामसालिङ खबर
१ बैशाख २०७६, आईतवार १२:०१

सोलुखुम्बु । सोलुखुम्बुको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना हुँदा विमानका सहचालकसहित दुईजनाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

आइतबार बिहान समिट एयरको विमान धानमार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा विमानस्थल सुरक्षाको लागि खटिएका दोलखा घर भएका पर्यटक प्रहरी असई रामबहादुर खड्का, काठमाडौं महानगरपालिका ७ चाबहिलका समिट एयरका सुजित ढुंगाना रहेका प्रहरी नायव उपरीक्षक सालिग्राम शर्माले जानकारी दिए।

घाइते हुनेहरुमा काठमाडौं घर भएका समिट एयरका पाइलट रबिनाथ रोकाय, विमानस्थल सुरक्षाका लागि खटिएका झापाका प्रहरी सहायक निरिक्षक रुद्रबहादुर श्रेष्ठ र ललितपुर उपमहानगरपालिका ठेगाना भएका मनाङ एयरका चालक चेतबहादुर गुरुङ रहेका छन्। घाइते विमान चालक रोकाया र सुरक्षाकर्मी श्रेष्ठलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाण्डौको शिक्षण अस्पताल लगिएको छ। घाइते श्रेष्ठको उपचारकै क्रममा मृत्यु भएको हो।

हेलिकोप्टरका पाइलट चेतबहादुर गुरुङलाई भने मनाङ एयरकै हेलिकोप्टरबाट शिक्षण अस्पताल लगिएको सोलुखुम्बुका प्रहरी नायव उपरिक्षक शालिग्राम शर्माले जानकारी दिए। बिहान ९ बजेर २० मिनेटमा रामेछापको लागि उड्न लागेको विमान धावनमार्गबाट चिप्लिएर रोकिराखेको मनाङ एयरको हेलिकोप्टरमा ठोक्किँदा दुर्घट्ना भएको हो।

विमानमा चालक सहचालक मात्र सवार रहेको नागरिक उड्ड्यान प्राधिकरण लुक्लाका प्रमुख इमनाथ अधिकारी ले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*