भारतमा शक्तिशाली आँधीमा परि ३९ जनाको मृत्यु
 
 भारतका विभिन्न राज्यमा आएको शक्तिशाली आँधीका कारण अहिलेसम्म ३९ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् ।
बिहीबार रातिदेखि आएको आँधीका कारण भारतका विभिन्न स्थानमा गरेर ३९ जनाको मृत्यु भएको पुष्टि भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।आँधीका कारण सबैभन्दा धेरै मध्यप्रदेशमा १३ र राजस्थानमा ९ जनाको ज्यान गएको छ ।
आँधीका कारण धेरैजसो स्थानमा विकासका पूर्वाधार क्षतिग्रस्त भएका छन् । भारतको मौसम विभागले बुधबार देशको कयौं हिस्सामा शक्तिशाली आँधी आउने खतरा भएका कारण सतर्क रहन सुझाब दिएको छ । एजेन्सी

 तामसालिङ खबर
तामसालिङ खबर




