हेटौडामा कलिउड सुपर डान्स फिट्नेस सञ्चालनमा

तामसालिङ खबर
४ बैशाख २०७६, बुधबार २१:२०

हेटौडा – कलिउड कला केन्द्रले डान्स सेन्टर संगै फिटनेस सेन्टर नया ब्यबस्थापन सहित ‘कलिउड सुपर डान्स फिट्नेस’ संचालनमा ल्याएको छ । २०५८ सालबाट हेटौंडामा डान्स कक्षा सञ्चालन गर्दै आईरहेकोे कला केन्द्र ०६२ सालबाट दर्ता गरि आफ्नो कामलाई निरन्तरता दिदैं आएको कलिउड कला केन्द्रमा अब फिटनेस पनि थप गरि प्रा.लिको रुपमा बुधबारबाट सञ्चालनमा आएको छ ।

कलिउड सुपर डान्स एण्ड फिट्नेस प्रालिको बुधबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन । उद्घाटन गरेर अवलोकन गरेपछि शुभकामना दिदैं उनले हेटौंडाको विभिन्न फिटनेस भन्दा यो अत्याधुनिक रहेको बताए ।

कार्यक्रममा बोल्दै शारिरीक सुगठनका राष्ट्रिय खेलाडी महेश महर्जनले शरिर स्वस्थ, फुर्तिलो बनाउन व्यायाम आवश्यकता रहेको बताए । हेटौंडाको हुप्रचौरमा सञ्चालनमा ल्याएको डान्स र फिटनेस निर्माणमा १ करोड ५० लाख लगानी रहेको प्रालिका अध्यक्ष सुजन श्रेष्ठले बताए । डान्स गर्न आउने विद्यार्थीको डान्स अवधिभरको लागि १ लाखको विमा समेत गरिने व्यवस्था रहेको अध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा प्रालिका सल्लाहकार आनन्दराम पराजुली, भिमसेन महत, मकवानपुर खेलकुद विकास समितिका उपाध्यक्ष दिपेन्द्र ढकाल, सदस्य सुनिल लोप्चन, जर्मन नागरिक विल्मा महर, मकवानपुर शारिरीक सुगठन तथा फिटनेस संघका अध्यक्ष शिवकुमार कार्की, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव प्रमोदसिं रानाभाट,युवा व्यवसायी राजेश भेटुवाल, मामाघर नेपालका संचालक अपर्ण पराजुली, फिटनेस च्वाइसका उत्तम सिलवाल,श्याम न्यौपाने लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा मामाघर नेपाललाई मकवानपुरका विभिन्न कल्चर केन्द्रहरुबाट संकलित आठ हजार रुपैया हस्तान्तरण समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*