मनहरी गाउपालिकाभित्र एउटै किसिमको बिद्यार्थी पोशाक हुने

तामसालिङ खबर
६ बैशाख २०७६, शुक्रबार १३:४६

हेटौडा (मनहरी) – मनहरी गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीहरुले एकै खालको पोशाक लगाउनुपर्ने भएको छ । गाउँ शिक्षा समिति मनहरीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पोशाकमा फरकपन देखिएको भन्दै एकरुपता ल्याउन खोजेको    बताए ।

आकासे रंगको सर्ट, गाढा निलो रंगको पाइन्ट र टाई तथा जुत्ता रहने निर्णय भएको छ । बर्षायाममा भने कतिपय विद्यालयमा टाई र जुत्ता अनिबार्य नहुने समितिले निर्णय गरेको छ ।

‘सबै विद्यालयका बालबालिकाहरुको पोशाक एकरुपता ल्याउनका लागि हामीले यस्तो कदम चालेको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताइन ।’ गाउँ शिक्षा समितिले शैक्षिक बर्ष २०७५ को लागि शैक्षिक क्यालेन्डर समेत निर्माण गरेको छ ।

जस अनुसार यसअघि दशैँ, तिहार र छठ पर्वलाई जोडेर दिइँदै आएको लामो बिदाको कटौती भएको छ । दशैँ र तिहारको बीचमा १३ दिन विद्यालय सञ्चालन हुने गरी क्यालेन्डर निर्माण भएको गाउँ शिक्षा प्रमुख राजेन्द्र चौलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*