मनहरीमा सिविन बाल हेल्पलाईनको अन्तरक्रिया कार्यक्रम

जयराम मोक्तान
९ बैशाख २०७६, सोमबार २२:३२

हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरीमा रही विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत सञ्चारकर्मी तथा बालसंरक्षणमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरुबिच मनहरीमा बाल संरक्षण सम्बन्धी अन्तरक्रिया भएको छ ।

सिविन बाल हेल्पलाईन हेटौँडाको आयोजनामा भएको अन्तरक्रियामा बालबालिकालाई सहि शिक्षा दिनका लागि घरकै वातावरण बालमैत्री हुनु पर्नेमा जोड दिइएको छ ।

बालबालिकाहरको संरक्षण तथा बालबालिकहरुले सकरात्मक कुरा सिक्नका लागि सबैभन्दा पहिला घरकै वातावरण परिवर्तन हुनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । अभिभावकहरु अशिक्षित भएको तथा कमजोर आर्थिक अवस्थाका कारण प्रत्यक्ष रुपमा बालबालिका प्रंभावित भइरहेको सहभागीहरुले बताए ।

अभिभावकहरु मदिरा तथा जुवा तासमा केन्द्रित हुँदा बालबालिकाले विभिन्न हिँसाहरु खेप्नुपरेको सहभागीहरुले बताए । पारिवारिक समस्याका कारण बालविवाह, विद्यालय जान छाड्ने तथा बालश्रम जस्ता समस्या बढेको उनीहरुको ठहर छ ।

कार्यक्रममा पत्रकार शिवकुमार काशी रिजालले बाल संवेदनशिलता र आम सञ्चार बिषयक कार्यपत्र प्रस्तुत गर्नुका साथै शिविन बाल हेल्पलाइन मकवानपुरका झबिन्द्र ज्ञवालीले बालबालिकालाई विभिन्न हिंसाबाट मुक्त गर्न सञ्चारकर्मीको ठूलो भूमिका हुने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*