सिलाइ व्यावसायी महासघको संयोजकमा मेनका श्रेष्ठ चयन
हेटौडा – नेपाल कपडा तथा सिलाइ व्यावसायी महासघको राष्ट्रिय महिला उद्यमि सीप बिकास समितिको संयोजकमा हेटौंडाकी युवा व्यावसायी मेनका श्रेष्ठ चयन भएकी छिन । नेपाल कपडा तथा सिलाइ ब्यावसायी महासघको कार्यसमिति सदस्य समेत रहेकी श्रेष्ठ लामो समय देखि हेटौंडामा सिलाइ व्यावसाय गर्दै आउनु भएको छ ।
उधोग मन्त्रालयबाट उत्कृष्ट महिला उद्यमि सम्मानवाट सम्मानित भैसक्नु भएकी मकवानपुरकी महिला उद्यमि श्रेष्ठले नेपाल कपडा तथा सिलाइ ब्यावसायी महासंघलाई धन्यवाद दिदै दिएको जिम्मेवारी सम्पुर्ण ब्यावसयीको साथ र सहयोग लिएर पुरागर्न आफू सक्दो लागिपर्ने बताउनु भयो ।
नेपाल कपडा तथा सिलाइ ब्यावसायी महासंघको राष्ट्रिय सीप बिकास प्रर्वधन समितिको सदस्यमा नेपाल कपडा तथा सिलाइ व्यावसायी संघ जिल्ला कार्यसमिति मकवानपुरका अध्यक्ष नारायण सिंह थिङलाई मनोनीत गरेको छ।






