आगलागी पिडित ब्यबसायीलाइ उद्योग बाणिज्य संघको आर्थिक सहयोग

तामसालिङ खबर
१५ बैशाख २०७६, आईतवार १८:२५

हेटौडा (मनहरी) – मकवानपुर उद्योग वाणिज्य संघले पश्चिमी क्षेत्र मनहरीमा रहेको आगलागी पिडित एक्टिभ मोबाइल हाउसलाई आर्थिक सहयोग गरेको छ । पश्चिमी क्षेत्रको संघका साधारण सदस्य समेत रहेका मोबाईल व्यवसायी रामचन्द्र श्रेष्ठलाई आइतबार ५० हजारको चेक हस्तान्तरण गरिएको छ ।

मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले व्यवसायी श्रेष्ठलाई चेक हस्तान्तरण गरेका थिए । संघले व्यवसायी हितकोषबाट उक्त रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष कटुवालले दुःख व्यक्त गर्दै विभिन्न खाले विपद् पर्न सक्ने भएकोले जोखिमबाट बच्न बीमा गर्न सबै व्यवसायीलाई आग्रह गरे ।

बीमा गर्दा भविष्यमा व्यवसायीलाई सहज वातावरण हुने समेत उनले बताए । एक्टिभ मोबाईल हाउसमा गत चैत २४ गते विजुली सर्ट भएकोले आगलागी भएको मोबाईल हाउसका संचालक रामचन्द्र श्रेष्ठले बताए । आगलागीमा करिब १० लाख क्षति भएको उनले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, उपाध्यक्ष कृष्णकुमार गुप्ता, महासचिव प्रमोद सिंह रानाभाट, सचिव सन्तोष अर्याल, सदस्य कृष्णप्रसाद ढुङ्गाना, पश्चिम क्षेत्र समितिका कार्यसमिति सदस्य पशुपति बर्तौला, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि. हेटौंडाका प्रमुख अर्जुन सुवेदीलगायत मनहरीका व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पश्चिम क्षेत्र समितिका कार्यवाहक सभापति गणेश मान मानन्धरको सभापतित्वमा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*