साइप्रसमा ‘सिरियल किलर’ पक्राउ

तामसालिङ खबर
१६ बैशाख २०७६, सोमबार १३:३४

साइप्रसमा सात महिलाको हत्यामा संलग्न एक ‘सिरियल किलर’लाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय सञ्चारमाध्यमले शृंखलावद्ध हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको जनाएका छन् ।

पक्राउ परेका व्यक्ति सेनामा रहेको जनाइएको छ । ३५ वर्षीय ती व्यक्तिले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् ।

उनले दिएको सूचनाका आधारमा प्रहरीले थप शवको खोजी गरिरहेको छ । मृतकमा दक्षिण एसियाली महिलासमेत रहेको जनाइएको छ । मृतकमध्ये एक महिला नेपाली वा भारतीय नागरिक रहेको स्थानीय संचारमाध्यमले जनाएका छन् ।

‘सिरियल किलर’ को निशानामा पर्नेहरुमा रोमानियाकी एक महिला र उनकी ८ वर्षीया छोरी पनि छन् । हत्या गरिएकी अर्की एक महिलाको ६ वर्षीया छोरी बेपत्ता रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*