क्याप्टेन बिजय लामा माथिको निलम्बन फुकुवा

तामसालिङ खबर
१६ बैशाख २०७६, सोमबार १९:५२

काठमाडौ – नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएको छ । प्रवक्ताको जिम्मेवारीमा हुँदा लामाले बोलेको कुरा सुरक्षाका दृष्टिकोण संवेदनशिल भएको भन्दै नागरिक उड्डयन प्राधिकरणले लामामाथि शसर्त निलम्बनको निर्णय गरेको थियो ।

नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै प्राधिकरणले लामालाई स्पष्टिकरण सोधेको थियो ।

लामाको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै क्यानले उनको लाइसेन्स तत्कालका लागि सस्पेन्स गर्ने निर्णय गरी प्रवक्ताको जिम्मेवारीबाट नहटेसम्म उडानमा रोक लगाउनू भन्ने पत्र प्राधिकरणले नेपाल एयरलाइन्समा पठाएको थियो ।

प्राधिकरणको निर्णयअनुसार नेपाल एयरलाइन्सले लामालाई प्रबक्ताको जिम्मेवारीबाट हटाएको थियो । प्राधिकरणले भनेअनुसारको काम भएपछि अब लामालाई जहाज उडाउन कुनै रोकतोक नभएको एक उच्च अधिकारीले जानकारी दिए । लामाले भने प्रवक्ताको रूपमा मिडियामा नियामक र एटिसीका बारेमा कमेन्ट गरेको बताउँदै आएका छन् ।

 

यो पनि पढ्नुस :

नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बित

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*