तिन नम्बर प्रदेशको नीति तथा कार्यक्रम जेठको पहिलो सातामा

तामसालिङ खबर
२४ बैशाख २०७६, मंगलवार २०:०८

हेटौडा – तिन नम्बर प्रदेशको नीति तथा कार्यक्रम जेठको पहिलो सातामा प्रस्तुत हुने भएको छ । केन्द्रिय राजधानी समेत समावेश भएको प्रदेश ३ सरकारले जेठ पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी थालेको छ ।

प्रदेश सरकार गठनपछि दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको हो । पहिलो बर्ष हतारमा नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले यसबर्ष भने सबै क्षेत्र समेटेर नीति तथा कार्यक्रम ल्याउन लागेको स्रोतले जनाएको छ ।

प्रदेश सरकारले गत बर्ष १ सय १५ बुँदे नीति तथा कार्यक्रम ल्याएको थियो । यो वर्षा कृषि उद्योग र पर्यटन नीति तथा कार्यक्रमको प्राथमिकतामा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*