मेस्सी सर्वोकृष्ट खेलाडी हो – डिफेन्डर अल्भेस
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का डिफेन्डर डानी अल्भेसले बार्सिलोनाका कप्तान लियोनल मेस्सी विश्वको सर्वोकृष्ट खेलाडी रहेको बताएका छन् । बार्सिलोनाका पुर्व डिफेन्डर समेत रहेका अल्भेसले मेस्सीले बार्सिलोनालाई यस सिजन च्याम्पियन्स लिगको फाइनलमा पुर्याउन नसकेनी उनि उत्कृष्ट रहेको बताए ।
च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा बार्सिलोना लिभरपुलसंग ४-० ले पराजित भएको थियो । जसको कारण पहिलो लेगमा ३-० को जित निकालेपनि बार्सिलोना समग्रमा ४-३ ले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।
पाँच पटक बालोन डी’ओर विजेता मेस्सीले उत्कृष्ट प्रदर्शन गरेपछि बार्सिलोनाले पहिलो लेगमा शानदार जित निकालेको थियो ।






