तिन नम्बर प्रदेश सरकार अनुत्पादक क्षेत्रमा बजेट खर्च ब्यस्त

तामसालिङ खबर
५ जेष्ठ २०७६, आईतवार २०:०९

हेटौडा – तिन नम्बर प्रदेश सरकारले ल्याएको तीन महिने बजेटको कार्यान्वयनमाथि महालेखा कार्यालयले कमजोरी देखाएको छ । महालेखा कार्यालयले सार्वजनिक गरेको प्रदेश ३ को लेखा परीक्षण प्रतिवेदनमा तिन नम्बर प्रदेश सरकार अनुत्पादक क्षेत्रमा बजेट खर्च गर्न उद्धत रहेको छ ।

सवारी खरिद, कार्यालयका लागि आवश्यक सामग्री खरिदमा मात्र बजेट खर्च भएको देखिएको छ । विशेष गरी प्रदेश सरकारले करिब सात करोड रुपैयाँ बराबरको बजेट सवारी खरिदमा तथा अन्य बजेट कार्यालयका लागि आवश्यक कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन तथा अन्य मेसिनमा खर्च गरेको देखिन्छ । कान्तिपुर दैनिक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*