अर्घाखाँचीमा बस दुर्घटनामा २५ जना घाइते

तामसालिङ खबर
८ जेष्ठ २०७६, बुधबार ०७:२७

अर्घाखाँची: अर्घाखाँचीको भुवनपाटामा मंगलबार साँझ बस दुर्घटना हुदा २५ जना घाईते भएका छन् । घाईतेमध्ये ८ जनाको अबस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

सुपादेउराली मन्दिर दर्शन गरेर बुटवलतर्फ आउँदै गरेको लु १ ख ७९४१ नम्बरको बस गोरूसिङगे सन्धिखर्क सडक खण्डको भुवनपाटाको पुलमा दुर्घटना भएको हो ।

घाइतेमध्ये ९ जनालाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । अन्य १६ जनाको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको छ ।

बस पुलमाथी आउदा एक्कासी ब्रेक फेल भई अनियन्त्रित भएपनि बस चालक निकै चनाखो भएर सडकको भित्तामा बस ठोक्काएर ठूलो दुर्घटना हुनबाट जोगाएका छन् । पुल करिब सितखोलाबाट ४ सय मिटर अग्लो पडाडको खोचमा छ ।

चालक सिपालु र चनाखो भएर मात्र बाच्न सकियो नत्र सिधै खोलामा बस खसेर सदाको लागि संसारबाट बिदा हुने घाईते रूपन्देही बुटवल उपमहाँनगर पालीका १३ का कृष्ण बहादुर थापाले बताए । बुटवल मोतिपुरबाट सुपादेउराली दर्शनका लागी गएको थियो । घाइतेहरुलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज भैरहवा पठाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*