सुदूरपश्चिम प्रदेशका सबै महत्वाकांक्षी कार्यक्रम अलपत्र

तामसालिङ खबर
८ जेष्ठ २०७६, बुधबार १०:४४

धनगढी – प्रदेश सरकारले चालू वर्षको बजेटमा समावेश गरेका महत्वाकांक्षी र प्राथमिकता प्राप्त योजना तथा कार्यक्रम वर्षको अन्त्य हुनलाग्दा पनि कार्यान्वयनमा जान सकेका छैनन् । बजेटमा महत्वका साथ समावेश गरिएका अधिकांश योजना तथा कार्यक्रम यस वर्ष कार्यान्वयन नहुने देखिएको छ ।

प्रदेश बस सेवा सञ्चालन, सुपथ मूल्य पसल सञ्चालन, औद्योगिक ग्राम स्थापना, किसान कल सेन्टर, जडीबुटी प्रशोधन केन्द्र, प्रदेश खाद्य संस्थान स्थापना तथा प्रदेश निर्वाचन क्षेत्रमा खेल मैदान स्थापनालगायत योजना कार्यान्वयन हुन नसकेका हुन् ।

डोटी, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा एक–एकवटा औद्योगिक ग्राम स्थापना गर्न सरकारले एक करोड ५० लाख विनियोजन गरेको थियो । यो कार्यक्रम कार्यान्वयनको प्रक्रियामै नगएको सम्बन्धित मन्त्रालयले जनाएको छ । निजी साझेदारीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने कार्यक्रम पनि अलपत्र छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*