सर्लाहीको सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या वृद्धि

तामसालिङ खबर
१० जेष्ठ २०७६, शुक्रबार २०:२९

सर्लाही – पछिल्लो समय अभिभावकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउन छाडेका बेला सर्लाहीको हरिवन नगरपालिकामा भने सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या वृद्धि भएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि आईसकेपछि नगरपालिकाले नगर भित्रका शिक्षा क्षेत्रमा नयाँ ढंगले पठनपाठनमा सुधार ल्याएको थियो । हरिवन नगरपालिका वडा नम्बर ८ मा रहेको महादेव जनता नमुना माध्यमिक विद्यालयले गुणस्तरीय शिक्षा संगै अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन शुरुवात गरेपछि सो विद्यालयमा विद्यार्थीको संख्या वृद्धि भएको छ ।

शुक्रबार सोही विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरुलाई हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले आफ्नो संक्षिप्त जिबनी सहित व्यक्तित्व विकास सम्बन्धि सहजीकरण गर्नुभएको छ । सोही अवसरमा लक्ष्य प्राप्तिका लागि गर्नु पर्ने संघर्षको कथा र धेरै महत्त्वपूर्ण ज्ञानको विषयमा विद्यार्थीहरुलाई सिकाइएका थिए ।

४५ मिनेट सम्म समय लिइएको कक्षमा मेयर प्रसाईले नैतिक शिक्षा देखि उद्देश्य हासिल गर्न गर्नु पर्ने कडा मेहनत र अनुशासन सहित स्थानीय सरकार र सामुदायिक विद्यालयसँग जोडिएका विविध कुराहरु बारे जानकारी दिएको थियो ।

मेयर प्रसाईले नगरभित्रका प्रत्येक सामुदायिक विद्यालयहरुमा हप्तामा एउटा विद्यालयमा एक पटक कक्षा लिने क्रमलाई निरन्तरता दिने घोषणा समेत गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*