इस्लाम धर्मालम्बीको रमदानको अबसरमा इफ्तार कार्यक्रम
दोहा – ईस्लामिक धर्मवलम्बीहरुको पवित्र पर्व महिना रमादानको पावन अवसरमा नेपाली संघीय समाज कतारको आयोजनामा बृहत् इफतार कार्यक्रम भब्य रुपले सम्पन्न गरेको छ ।
शुक्रबार साँझ सनैया प्लाजा मलमा रहेको इभिनिङ स्पेशको सभा हलमा भएको कार्यक्रम समाजका अध्यक्ष हिराधन राईको सभापतित्वमा भएको थियो । नेपाली मुस्लिम समुदायको समस्या भनेको हुनेखानी र हुँदाखानी लगायत वर्गीय समस्या मात्रै नभई राष्ट्र कै समस्या भएकोले प्रदेश स्तरमा विशेष अधिकारको सहित सहभागिताको सुनिश्चिततामा कार्यन्वयन गर्नु पर्नेमा जोड दिदै सरोकार तथा सम्पुर्ण मुस्लिम समुदायको ध्यानाकर्षण गराएको कार्यक्रमको प्रमुख अतिथि समेत रहेका समाजवादी पार्टी नेपाल केन्द्रिय सदस्य मोलना खालिद सिद्दिकीले बताउनुभयो ।

इफ्तार कार्यक्रममा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल, प्रबासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोख्रेल, जनसम्पर्क समिति कतारका महामन्त्री अजिज अलि , नेपाली मुस्लिम समाज कतारका अध्यक्ष इन्जिनियर अयूब, लगायत विभिन्न संघसस्थाहरुको प्रतिनिधिहरु सहभागी थिए ।
सहभागी अतिथिहरुले सामुहिक रुपमा ब्यानर अनावरण गरी नेपाली राष्ट्रिय गान बाचन गरि उद्घाटन गरिएको कार्यक्रममा समाजको महासचिव पुर्णबहादुर राइले स्वागत मन्तब्य राखेका थिए । समाजको पुर्वअध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार डिएन मगर, प्रदेश नम्बर २ संयोजक देव मण्डल, नेससका सचिवालय सदस्य नागेश्वर यादव, सल्लाहकारहरु अमृत राई, योगेन्द्र तामाङ, डाक्टर मुदसीर आलम समीम सेख, लगायतले शुभकामना मन्तब्य राखेका थिए ।






