तिन नम्बर प्रदेशको बार्षिक नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने
हेटौडा – तिन नम्बर प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले वार्षिक नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत गर्ने भएको छ । मन्त्रिपरिषद निर्णय अनुसार प्रदेशको नीति तथा कार्यक्रम यही जेठ १४ गते मंगलबार प्रस्तुत हुने भएको हो ।
आर्थिक वर्ष २०७६/७७ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभा समक्ष प्रस्तुत गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले सरकारले प्रदेश प्रमुख अनुराधा कोइरालामार्फत जेठ १४ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो ।
प्रदेश विकास परिषद गठन गर्ने महत्वपूर्ण निर्णय गरेको छ । परिषदमा २५ सदस्य मनोनयन गर्ने समेत निर्णय गरेको छ । परिषदका लागि जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न सङ्घसंस्था, निजी क्षेत्रलगायत विभिन्न समुदायका क्षेत्रबाट २५ जना मनोनित गरिने स्रोतले बताएको छ । प्रदेश विकास परिषद मुख्यन्त्रीको अध्यक्षतामा गठन हुने प्रावधान छ ।






