तिन नम्बर प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
हेटौंडा – तिन नम्बर प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम शुक्रबार प्रदेश सभामा बहुमतले पारित भएको छ । प्रदेश सभामा जेठ १४ गते प्रदेश प्रमुख अनुराधा कोइराला र मुख्यमन्त्री डोरमणि पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।
नीति तथा कार्यक्रम माथिको छलफलमा बिहीबार र शुक्रबार सांसदहरुले भाग लिएका थिए । छलफलमा भाग लिने सत्तापक्षका सांसदले नीति तथा कार्यक्रम राम्रो भएको बताए पनि प्रतिपक्षलगायतका दलका सांसदहरुले भने नीति तथा कार्यक्रम प्रचारमुखि नारैनारा मात्र आएका बताएका थिए ।
प्रतिपक्षी दल नेपाली कांग्रेस विवेकशील नेपाली दल, राप्रपा, राप्रपा प्रजातान्त्रिकलगायतका दलले नीति तथा कार्यक्रम माथि संशोधन प्रस्ताव राखेका थिए ।
त्यो संशोधन प्रस्तावमाथि मुख्यमन्त्री पौडेलले स्पष्ट कार्यान्वयन गर्ने जवाफ नदिएको भन्दै प्रस्ताव फिर्ता नलिएपछि सभामुख श्रेष्ठले बहुमतको आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो ।






