मकवानपुर क्रिकेट संघको अध्यक्षमा बासुलाल श्रेष्ठ चयन

तामसालिङ खबर
२३ जेष्ठ २०७६, बिहीबार ०७:२८

हेटौडा – मकवानपुर जिल्ला क्रिकेट संघको विशेष साधरणसभाले अध्यक्षमा वासुलाल श्रेष्ठ चयन भएका छन् ।

बुधबार हेटौँडामा भएको सभाले श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा करन महत क्षेत्री, सचिवमा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा अनुपप्रसाद सेनुरीया चयन भएका छन् ।

त्यस्तै, सदस्यहरुमा धिरज श्रेष्ठ, राजु गुप्ता, नवराज सापकोटा, विनोद प्रधान, प्रेम क्षेत्री, सञ्जयकुमार महर्जन, रविन गुरुङ, विनोद वाँनीया, कृष्णगोपाल श्रेष्ठ तथा अमित राई चयन भएका हुन् ।

साधरणसभाले प्रदेश कार्यसमितिको लागि कृष्णगोपाल श्रेष्ठ, राजु गुप्ता, करनमहत क्षेत्री तथा प्रेमबहादुर क्षेत्रीलाई प्रतिनिधिको रुपमा चयन गरिएको छ भने केन्द्रीय प्रतिनिधिको लागि दिपेन्द्र ढकाललाई चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*