प्रदेश ३ को ४७ अर्ब ६० करोडको बजेट (पूर्णपाठ सहित)

तामसालिङ खबर
१ असार २०७६, आईतवार १९:५६

हेटौँडा – तिन नम्बर प्रदेशको राजधानी हेटौडाबाट बजेट प्रस्तुत भएको छ । तिन नम्बर प्रदेशको अर्थिक वर्ष २०७६/०७७ सालको बजेट प्रस्तुत गर्दै अर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले यो वर्षको बजेट ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजार विनियोजन भएको बताएका छन् ।

चालु तर्फ २४ अर्ब ४६ करोड अर्थात ५१. ३९ प्रतिशत रहेको छ भने पुँजीगत तर्फ २२ अर्ब ८३ करोढ ४७.९ प्रतिशत र वित्तिय ब्यवस्थापनतर्फ ३० करोड विनियोजन भएको छ ।

उनले उक्त बजेटले प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजना कृषि उत्पादन, पर्यटन, अस्पतालको स्तरोन्नति, बाँझो जग्गामा सामूहिक खेती गर्ने अभियानलाई उच्च प्राथमिकता दिइएको बताए ।

त्यसैगरी उनले सिन्धुलीको दुधौली, मकवानपुरको मनहरिमा नयाँ औद्योगिक क्षेत्र स्थापना गरिने, चितवनमा दूधको उत्पादन गर्ने कारखाना तथा हेटौँडा अस्पताललाई स्तरोन्नति गरी मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रूपमा विकास गरिने बताए ।

प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरेर आगामी २०७८ सालसम्ममा पेट्रोलबाट चल्ने सवारी साधनलाई उन्मूलन गरी विद्युतीय सवारी साधन सञ्चानलका लागि उच्च प्राथमिकता राखी बजेट क्रमशः छुट्याइँदै लगिएको मन्त्री ढुङ्गेलले जानकारी दिएका छन् । काठमाडौं समेत आफ्नो प्रदेशभित्रै पर्ने प्रदेश ३ सरकारको बजेट सातै प्रदेशको बजेटभन्दा बढी छ ।

आर्थिक बर्ष २०७६/७७ को लागि विनियोजित बजेटको पूर्णपाठ हेर्नुहोस

[pdf-embedder url=”https://www.tamsalingkhabar.com/wp-content/uploads/2019/06/pradesh-3-Budget-2076.pdf” title=”pradesh 3 Budget 2076″]

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*