चन्द्रपुर नगरको वडा नम्बर ३ मा घेदुङ गठन

तामसालिङ खबर
४ असार २०७६, बुधबार ०७:०१

रौतहट – नेपाल तामाङ घेदुङ चन्द्रपुर नगरपालिका वडा नम्बर तिनको प्रथम वडा अधिवेशन मार्फत ज्ञानमान वाइबाको अध्यक्षतामा ११ सदस्यीय वडा कमिटि गठन गरेको छ । उपाध्यक्षमा लाली माया थोकर, सचिव बम बहादुर वाइबा, सह-सचिव वीर बहादुर थोकर, कोषाध्यक्ष बोझमाया मोक्तान लगायतको चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा सुकबहादुर वाइबा, अतिमाया वाइबा, जोगमाया घिसिङ, खेम गोले, पदम बहादुर बज्यू र जगत बहादुर वाइबा चयन भएको छ ।

कार्यक्रममा संघीय सदस्य खड्ग बहादुर बम्जन, पूर्व संघीय सदस्य राज कुमार थोकर, भाषा, लिपी, साहित्य तथा प्रशिक्षण विभागीय सदस्य उपेन्द्र गोले, प्रदेश नं. २ का उपाध्यक्ष यमलाल गोले लगायतका उपस्थित रहेका थिए ।

चन्द्रपुर नगर घेदुङका अध्यक्ष लाल बहादुर दोङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*