धानको बिउमा अनियमीतता
रौतहट – कृषि सामग्री केन्द्र चन्द्रपुरले कमिसनकाे खेलमा विभिन्न जातका धानकाे विउमा अनियमीतता गरेकाे आरोप लागेकाे छ । राैतहटकाे चन्द्रपुर नगरपालिकाकाे वडा नम्बर -३ , गैडाटारकाे वडा कार्यलयकाे भागमा परेकाे धानकाे बीउ भन्दै वडा कार्यलयमा नै ६ बाेरा धानकाे विउ आइतबार ढुवानी केन्द्र स्वयमले गरेपछि साे रहस्य खुलेकाे हाे ।
जेठ महिनामा नै किसानले पाउनु पर्ने उन्नत जातका धानका बीउ असार लाग्दा वडा कार्यलयमा नै ल्याउदा आश्चर्यमा परेकाे वडा सचिव ज्ञान बहादुर चाैलागाइले भने । कार्यलय सहयाेगीले यसबारे बुझ्न खाेज्दा केन्द्रले पठाएका कर्मचारीले सबै कुरा वडा अध्यक्षसंग मिलि सकेकाे बताएपछि उक्त धानकाे बीउ वडा कार्यलयमा अलपत्र अबस्थामा रहेकाे छ ।
स्थानिय किसानहरुकाे धानकाे बीउ राेप्ने समय भैसकेकाे अबस्थामा गैडाटारका किसानलाई आबश्यक नपर्ने हुदा धान अलपत्र परेकाे सचिवकाे भनाइ छ । आफ्नो वडाका किसानहरुलाइ १/१ किलाे दरले बितरण गर्दा समेत अपुग धान बेला न कुबेला ल्याउनु कमिसनकाे खेल भएकाे वडा अध्यक्ष बाेधनाथ देबकाेटाले बताए ।






