तामाङ भाषाको रेडियो कार्यक्रम उत्पादन सम्बधी प्रशिक्षण सम्पन्न

उपेन्द्र गोले
४ असार २०७६, बुधबार १०:३४

हरिवन – प्रदेश नम्बर २ को सर्लाहीमा तामाङ भाषामा शिक्षा तथा सुचनामुलक रेडियाे कार्यक्रम उत्पादन सम्बन्धी ५ दिने प्रशिक्षण मंगलबार सम्पन्न भएकाे छ । जेष्ठ ३१ गते देखि शुरु भएको प्रशिक्षण हरिवनमा रहेको सगुन सहकारी संस्थाकाे सभा हलमा भएको थियाे ।

हरिवन नगरपालिकाकाे वडा नम्बर ४ का वडाअध्यक्ष धनबहादुर वाइबाकाे प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्दै तालिमबाट सिकेका सिपलाइ उपयुक्त स्थानमा प्रयाेग गर्न आग्रह गरेका थिए । मानिसकाे जीवनमा जानेका सीप मात्र आफुले प्रयाेग गर्न सके सफल हुने उनले बताए ।

५ दिने तालिममा रेडियो नेपालका बरिस्ठ कार्यक्रम संयाेजक अमरध्वज लामा र नेपाल तामाङ घेदुङ भाषा लिपि साहित्य तथा प्रशिक्षण विभागका प्रमुख काजीमान थिङले सहजीकरण गर्नु भएकाे थियाे । तालिम सर्लाही र राैतहटका २५ जना प्रशिक्षार्थीहरुकाे सहभागीता रहेकाे थियाे । प्रशिक्षार्थीहरुले रेडियाे कार्यक्रम उत्पादन सम्बन्धि धेरै ज्ञान प्राप्त गरेकाे र त्यसलाई प्रयाेग गरेर देखाउने प्रतिबद्धता गरेका छन ।

समापन कार्यक्रममा हरिवन ८ का वडा अध्यक्ष यज्ञविनाेद ढुङ्गेल, नेकपा नेता सुरेन्द्र लामा, आदिबासी जनजाती समन्वयन परिषद हरिवनका अध्यक्ष बुद्विमान घलान, बुद्विजीवी , पत्रकार लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे । कार्यक्रम संयोजक काजीमान थिङकाे अध्यक्षतामा कार्यक्रम समापन भएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*