न्युयोर्कमा ट्राभलिङ किम्फको पाँचौ संस्करण सम्पन्न

तामसालिङ खबर
४ असार २०७६, बुधबार २०:४५

न्युयोर्क – अमेरिकाको न्युयोर्कमा पाँचौ संस्करणको ट्राभलिङ किम्फ फेस्टिबल सम्पन्न भएको छ । नेपालमा लामो समयदेखि हिमाल एसोसिएसनको आयोजनामा हुदै आएको किम्फ देश बाहिर ट्राभलिङ किम्फको रुपमा विगत पाच वर्षदेखि हिमाल एशोसियसनको सहकार्यमा न्युयोर्कबाट प्रकािशत हुदै आएको एभरेस्ट टाइम्सले आयोजना गर्दै आएको ट्राभलिङ किम्फ फेस्टिबल यसपटक भने एभरेष्ट टाइम्सको नाममा स्थापित एभरेष्ट टाइम्स फाउण्डेसनको सह-आयोजना गरेको हो ।

यसपटकको ट्राभलिङ किम्फ फेस्टिबल जुन १६ तारिक आइतबार आयोजना गरिएको थियो। न्युयोर्क क्विन्सको उडसाइडस्थित सिक्सटी वान स्ट्रीटको धर्म हाउसमा आयोजित महोत्सवमा नेपालको ग्रामीण भेगको वास्तविक कथावस्तु समेटेर बनाइएका ६ उत्कृष्ट डकुमेन्ट्री प्रस्तुत गरिएका थिए । प्रस्तुत गरिएका डकुमेन्ट्रीमा सपर माङक, मरिसकेको मान्छे, तातिनी, माउन्टेन मदर, डोल्पा डायरी र कथा ७२ रहेका थिए ।

ट्राभलिङ किम्फ फेस्टिबलबाट उठ्ने रकममध्ये किम्फ र हलभाडा दिएर बचेको रकम नेपालको ग्रामीण भेगको विद्यालयलाई सहयोग गर्ने गरिएको छ । यसपटक उठ्ने रकम भोजपुर जिल्लाको कुनै एक दुर्गम विद्यालयलाई सहयोग दिने योजना रहेको एभरेष्ट टाइम्सका प्रधानसम्पादक आङछिरिङ शेर्पाले बताए । उनका अनुसार यसअघि ट्राभलिङ किम्फ फेस्टिबलबाट उठेको रकम सोलुखुम्बुको चाँगेस्थान मावि केरुङ र सेर्गा बागम प्रावि सेर्गा, सिन्धुपाल्चोकको जम्बियाङ प्रावि र रामेछापको बाल्दिङ विद्यालयलाई प्रदान गरिएको थियो ।

न्युयोर्कमा आयोजना गरिने ट्राभलिङ किम्फ फेस्टिबलको संयोजन गर्दै आएका एभरेष्ट टाइम्सका सम्पादक ङिमा पाख्रिन न्युयोर्क सिटीका तर्फबाट सम्मानित भएका थिए । उनलाई काउन्सिलमेन कोष्टाकोष्टनटिनीदेसको कार्यालयबाट प्राप्त सम्मानपत्र न्युयोर्क सिटीको कम्युनिटि लियाजन जोया चौधरीले हस्तान्तरण गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*