बिमलाको आफन्तले न्याय माग्दा प्रहरीबाट धरपकट, दुइ जना नियन्त्रमा (भिडियो)

तामसालिङ खबर
८ असार २०७६, आईतवार २०:४८

काठमाडौं । समता अस्पतालमा झुण्डिएको अवस्थामा मृत फेला परेकी बिमला तामाङका आफन्तले प्रदर्शन गर्दा प्रहरीले आइतबार दुई जनालाई नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गौशाला अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले बिमलाका आफन्त सनराज योञ्जन र गौतम घिसिङलाई नियन्त्रण लिएको हो ।

पीडित पक्षले आइतबार दिउँसो १ बजे गौशालामा प्रदर्शन थालेका थिए । उनीहरुले समता अस्पतालका सञ्चालक उत्तम सञ्जेललाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् । न्यायका लागि शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले दमन गरेको बिमलाको देबर सिंगराज योञ्जनले बताए ।

रामेछाप दोरम्बा गाउँपालिका घर भएकी २७ वर्षीया बिमला तामाङ अस्पतालकै बन्द कोठामा असार ३ गते झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

आफन्तले बिमलाले आत्महत्या गरेको नभई हत्या भएको दाबी गर्दै आएका छन् । गौशला प्रहरी प्रमुख (डिएसपी) प्रदिपकमार सिंहले भने प्रहरीबाट कुनै दमन नभएको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

भिडियो नागरिक खबर टिभिमा हेर्नुहोस : 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*