एसइई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै, नतिजा यसरी हेर्नुहोस

तामसालिङ खबर
१२ असार २०७६, बिहीबार ०८:२७

काठमाण्डौ – माध्यमिक शिक्षा परीक्षा (एसइई )को नतिजा आज सार्वजनिक हुँदैछ । नतिजा प्रकाशनका लागि सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।  बुधबार सार्वजनिक हुने भनिएपनि केही प्राविधिक कुराले गर्दा आज मात्र परिक्षाफल प्रकाशित हुने बोर्डले जानकारी दिएको हो ।

परीक्षाको नतिजा सार्वजनिक गर्न बिहीबार दिउँसो १ बजे बोर्ड बैठक डाकिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डका उपनियन्त्रक चेतनाथ शर्माले बोर्डले निर्णय गरेपछि परीक्षाफल सार्वजनिक गरिने जानकारी दिए ।

‘सबै तयारी सकिएको छ, नतिजामा विगतमा झैँ त्रुटि नदोहोरिओस् भनेर पुनः परीक्षणलाई जोड दिएका हौँ,’ उपनियन्त्रक चेतनाथ शर्माले भने, ‘बोर्डको बैठक बसेपछि लगत्तै नतिजा प्रकाशन हुने जनाएको छ ।

यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले प्रकाशनमा ढिलाइ भएको पनिकाले जनाएको छ । नियमिततर्फ चार लाख ५० हजार एक सय ८६ र आंशिक गरी जम्मा चार लाख ७५ हजार परीक्षार्थी सहभागी छन् ।

छात्रा दुई लाख ३८ हजार पाँच सय ५८ र छात्र दुई लाख ३६ हजार चार सय छन् । यीमध्ये सामुदायिक विद्यालयबाट तीन लाख ४० हजार एक सय ९६ र निजीबाट एक लाख ३४ हजार आठ सय सहभागी छन् ।

परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np बाट नतिजा हेर्न सकिने जनाएको छ । यस्तै, नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सक्छन् ।

नतिजा यसरी हेर्नुहोस : 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*