बकैयामा १०९ जना नेकपामा प्रवेश
हेटौडा (बकैया) – मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ टिकुलीमा १ सय ९ जनाले कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका छन् ।
शनिबार भएको कार्यक्रममा नेकपामा नेकपाका नेता तथा क्षेत्र नम्बर १ का सांसद कृष्णप्रसाद दाहाल, प्रदेश सांसद प्रेमबहादुर पुलामी सहितका नेताहरुले नेकपामा प्रवेश गरेकाहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा नेकपा नेताहरु पदमा पौडेल, दलबहादुर वाईवा, कृष्णप्रसाद चौलागाई, लोकनाथ गौतम, बेलप्रसाद दाहाल, बकैया गाउँपालिका उपाध्यक्ष सरला बोलखे लगायतको उपस्थिती रहेको थियो । सो दिन सोमबहादुर बम्जनको संयोजकत्वमा नेकपाको १५ सदस्यीय वडा कमिटि गठन समेत गरेको छ ।







