तिलेश्वर आधारभुत बिद्यालयको नवनिर्मित भवन हस्तान्तरण
हेटौडा (कैलाश) – जाइकाको आर्थिक सहयोगमा बनेको कैलाश गाउपालिका वडा नम्बर ४ स्थित तिलेश्वर आधारभुत बिद्यालय ताप्केबिटको नव निर्माता भवनको उदघाटन सोमबार गरिएको छ ।
नव निर्माता भवनको उदघाटन गर्दै तिन नम्बर प्रदेश संसद ओम घलानले नेपाल संघिय संरचनामा परिवर्तन भएसंगै विकट गाउँका कुना काप्चासम्म विभिन्न किसीमको विकासे लहरहरु चलेको बताउनुभयो ।
विकट बस्तिमा पनि सु्विधा सम्पन्न बिद्यालय भवन तथा अन्य भौतिक संरचना निर्माण हुदै जानु एक किसिमको विकासको लहर नै भएको बताएका छन । जाइकाको २ करोड १२ लाखको आर्थिक सहगोगमा निर्माण सम्पन ८ कोठे भुकम्प प्रतिरोधी भवनको कार्यक्रमका बिच बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष सुर्यमान थिङलाई नया भवनको चावि हस्तारन्तरण गरिएको छ ।
कार्यक्रममा कैलाश गाउँपालिकाको अध्यक्ष टंक मोक्तान, उपाध्यक्ष सुकुमाया थिङ, ४ नम्बरका वडाअध्यक्ष तिलक मुम्क्तान, ३ नम्बरका वडा अध्यक्ष देबलाल बल समाजसेवी जबिन्द्र थोकर लगायतले मन्तब्य ब्यक्त गरेका छन् ।






