८५ बर्षिय स्याङतानले पाए, नेपाली नागरिकता

जयराम मोक्तान
१६ असार २०७६, सोमबार २०:४०

हेटौडा (मनहरी) – मनहरी गाउँपालिकाको वडा नम्बर २ की छोटिमाया स्याङतानले ८५ वर्षको उमेरमा सोमबार नागरिकताको प्रमाण पत्र प्राप्त गर्न सफल भएका छन् । मनहरी गाउाँपालिकाले सञ्चालन गरेको नेपाली नागरिकता वितरणको शिविरमा उनलाई मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले नागरिकता प्रदान गरिएको छ ।

स्याङतानले नागरिता लिएसंगै खुसी ब्यक्ति गरिन् । नागरिकता नहुदा हाल सम्म सरकारले प्रदान गर्दै आइरहेको सामाजिक सुरक्षाभत्ता समेत उनले प्राप्त गर्न सकेको थिएन् । अब म ढुक्कले सरकारले प्रदान गर्दै आइरहेको बृद्धभत्ता लिन्छु र दैनिक रुपमा आवश्यक पर्ने सरमान जोड्न सहज हुने उनले भने ।

स्याङतान संगै संगै अन्य ९७ जनाले नेपाली नागरिकको प्रमाणपत्र लिएका थिए । प्रमुख जिल्ला अधिकारी तामाङले अहिलेको युगमा सबै नेपालीहरुले म नेपाली हु भन्ने प्रमाण पत्र सहज रुपमा पाउन सकिने बताए ।

प्रमुख जिल्ला अधिकारी तामाङको प्रमुख आतिथ्यतामा भएको शिविरमा गाउँपालिका अध्यक्ष एकराज उप्रेती, वडा नम्बर २ का अध्यक्ष बिरबहादुर घलान लगायत स्थानीय बासिन्दाको बाक्लो उपस्थीती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*