डिपिआर बन्ने लगतै मनहरीमा भ्यू टावरदेखि वनकरिया होम स्टेसम्मको निर्माण हुने
जयराम मोक्तान
हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक बर्ष २०७६/७७ मा विभिन्न महत्वपूर्ण काम गर्ने योजना अगाडी सारेको छ । गाउँपालिकाको गत १० गते सम्पन्न ५ औँ गाउँ सभामा प्रस्तुत नीति तथा कार्यक्रममा उक्त महत्वपुर्ण योजनाहरुलाई प्राथमिकताका साथ अगाडि बढाउने गरि विभिन्न योजनाहरुलाई अगाडि सारेको हो ।
गाउँसभामा गाउँपालिकाको विभिन्न क्षेत्रमा रहेको पर्यटकिय क्षेत्रलाई विकास गर्नुका साथै नयाँ पर्यटकीय स्थलहरुको पहिचान गरी पर्यटकिय क्षेत्र निर्माण गर्ने योजना बनाएको छ ।
केही पर्यटकिय स्थल पहिचान भइसकेको र केही स्थानमा भने विभिन्न संरचनाहरुको निर्माण कार्य पनि थालनी गरिएको छ । केहीको डिपिआर तयार समेत भईसकेको छ । गाउँपालिकाको रमौली प्रतापपुर, सुनाचुरी, मनहरी पिस पार्क, गोगन पानी भ्यु टावर, भिमान सहिद पार्क, चेपाङ कल्चर, वनकरिया होम स्टे, पिकनिक स्पट बनाउने र वडा नम्बर ४ मा गोही संरक्षण, रानीपोखरी गढीडाँडा शिखर पिकनिक स्पट वडा नम्बर १ मा टि हाउस स्थापना गरिने योजना गाउँपालिकाले बनाएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्याई महरीको आर्थिक स्तरमा बृद्धि गराउने उदेश्य सहित विभिन्न स्थानमा पर्यटकिय स्थल निर्माण योजना अगाडी बढाएको बढाइएको बताइएको छ । पर्यटनक्षेत्र निर्माणका लागि गाउँपालिकाले आवश्यक बजेट विनीयोजन गर्ने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए ।






