रिद्धिसिद्धि सिमेन्ट प्रभावित स्थानीयबासीले जिल्ला प्रशासनमा ज्ञापनपत्र पेश

तामसालिङ खबर
१७ असार २०७६, मंगलवार १८:३६

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको रिद्धिसिद्धि सिमेण्ट उद्योगबाट प्रत्यक्ष प्रभावित रहेका स्थानियद्वारा आफ्ना मागहरु उद्योगले सुनुवाई नगरेको भन्दै मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापन पत्र बुझाएको छ ।

उद्योगले पटक पटक झुक्याउदै अत्याधिक मात्रामा धुलो, धुवा फालिएको जसका कारण नजिकका बस्तीका बासिन्दालाई श्वास फेर्न समेत कठिन स्थिति पैदा भएको स्थानियले गुनासो गरेका छन् ।

निर्माणको क्रममा उद्योगले एशियाकै नया प्रविधिमा निर्माण हुने र धुलोका एक कण समेत बाहिर ननिस्कने प्रतिबद्धता स्थानियसग गरिएको जुन अहिले आएर शतप्रतिशत झुट देखिएको र उक्त क्षेत्रमा मानव रहन नसक्ने स्थिति उत्पन्न भएको प्रत्यक्ष प्रभावित हरुका तर्फका स्थानिय संयोजक ज्ञानेन्द्र वाईबाले जानकारी दिए ।

विगतमा उद्योग र स्थानिय पक्षबीच बसेर गरिएका १६ बुदे सहमति समेत उद्योगले पालना नगरेको स्थानियले प्रशासन समक्ष गुनासो गरेका छन् । पटक पटक धुलो, धुवा, साउण्ड प्रदुषणका कारण स्थानियलाई समस्या उत्पन्न भएपछि उद्योग समक्ष सचेत गराउदा उद्योग प्रशासनले प्रहरी प्रशासन लगाएर स्थानियमाथि दमन गर्दै आएको उनीहरुको आरोप छ ।

स्थानियले पेश गरेको ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले यथासक्दो छिटो उद्योगको सम्बन्धीत सञ्चालक समितिका आधिकारिक प्रतिनिधि झिकाई स्थानिय प्रत्यक्ष प्रभावितको तर्फबाट प्रतिनीधि सहित छलफल गराई समस्या समाधानको पहल गरिने बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*