प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र

तामसालिङ खबर
२४ असार २०७६, मंगलवार १९:२५

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचना सहितको राष्ट्रिय परिचयपत्र हस्तान्तरण गरिएको छ । बालुवाटारमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले मंगलबार ओलीलाई परिचयपत्र हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबार स्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रम अनुसार वितरण जारी छ ।

विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । सरकारले आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई यो परिचयपत्र वितरण गरिसक्ने योजना बनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*