देशभर भारी वर्षा, अझै मनसुन सक्रिय रहने

तामसालिङ खबर
२५ असार २०७६, बुधबार १०:१०

काठमाडौं – लगातार तिन दिन देखि देशभर भारी वर्षा भईरहेको छ । मनसुनको न्यून चापिय रेखा नेपाल तिरै रहेकाले अझै दुई दिन निरन्तर वर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबार रातिदेखि बुधबार बिहानसम्म देशका अधिकांश स्थानहरुमा सामान्य देखि भारी वर्षा भइरहेको महाशाखाले जारी गरेको सूचनामा जनाईएको छ । आज दिउँसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै केहि स्थानहरुमा भारि वर्षाको संभावना छ।

त्यस्तै आज राति पनि देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली भई देशका अधिकांश भू भागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*