बर्षातका कारण मनहरीबाट राक्सीराङ र कैलाश चल्ने यातायात पूर्णरुपमा बन्द
हेटौडा (मनहरी) – तिन दिन देखि लगातार परेको वर्षाको कारण मनहरीको उत्तरी क्षेत्र जोड्ने यातायात सेवा अबरुद्ध भएको छ । मनहरी खोलामा बाढी आए संगै मनहरी बगरको बसपार्क पूर्ण रुपमा बन्द भएको छ । उक्त बसपार्क भै राक्सीराङ र कैलाश गाउपालिकाको बिभीन्न क्षेत्रमा सञ्चालित यातायात सेवा अबरुद्ध भएको छ ।
दुई गाउँपालिकामा बस नचल्दा मनहरी हुदै बिभीन्न क्षेत्रमा जाने यात्रहरुुलाई समस्य उत्पन्न भएको छ । मनहरी बगरको किनारा हुदै राक्सीराङको सरिखेत पँलासे, खैराङ, चौकिटार,कैलासको कालिकाटार, मादल सिङ, लगायतको स्थानमा दैनिक रुपमा संचालित यातायात बाढी आएसंगै पूर्ण रुपमा अबरुद्ध भएको हो । अहिले दैनिक रुपमा बिभीन्न कामले मनहरी आउने २ सय भन्दा यात्रुहरुलाइ समस्या उत्पन्न भएको छ ।

हाल मनहरी बगर हुदै राक्सीराङ तथा कैलाशको बिभीन्न स्थनमा सञ्चालन हुने बसहरु सुरक्षित स्थानमा पार्किङ गरेर राखेका छन् । यातायात सेवा अबरुद्ध भएपछी कैलाश र राक्सीराङ गाउपलिकाको बिभीन्न क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको प्रमुख बजारमा रुपमा रहेको मनहरी बजारमा चहलपहल तुलनात्मक रुपमा कम भएको छ ।
दुरीको हिसाबले कैलाश र राक्सीराङका स्थानियहरुलाई मनहरी बजार पुग्न नजिक पर्छ तर खोला बढेर मोटर बाटो तथा पैदल यात्राका लागि प्रयोग गर्ने बाटो अस्तब्यस्त भए संगै उक्त स्थानका स्थानियहरु बैकल्पीक बाटो खोज्दै कैलास गाउँपालिकाको भाल्टार नामटार हुदै चुनिया हुदै हेटौडा बजार जान थालेका छन । राक्सीराङ तथा कैलाश गाउपालिकाको बिभीन्न क्षेत्रमा दैनिकरुपमा १२ वटा भन्दा बढि बसहरु सञ्चालन हुन्छन् ।






