माछामासुको मूल्य निर्धारण गर्न आज बैठक बस्दै

तामसालिङ खबर
२६ असार २०७६, बिहीबार ११:०९

हेटौडा – केहि दिन देखि माछामासु ब्यबसायीहरुको आन्दोलनका कारण ठप्प रहेको हेटौडाको माछामासुको पसलहरु बुधबार देखि खुलेका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले छलफल गर्ने आस्वाशन पछि सबै आन्दोलन फिर्ता लिई आज प्रशासानको नेतृत्वमा सर्वपक्षिय वैठक बसी माछामासुको मूल्य बृद्धि गर्ने वा नगर्ने भन्ने बारे निर्णय हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

माछामासु व्यवसायी संघ र हेटौँडा मासु व्यवसायी संघले केहिदिन अघि माछामासुको मूल्य बृद्धि गरेपछि प्रशासनले आक्षेप लगाएको भन्दै मासु व्यवसायीले केहीदिन देखि माछामासु विक्रि वितरणमा समेत रोक लगाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*